स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण, मन्त्रालयको कामलाई पारदर्शी बनाउने प्रतिबद्धता – Nagarikabhiyan : National News

स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण, मन्त्रालयको कामलाई पारदर्शी बनाउने प्रतिबद्धता

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यान्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सोमबार पहिलोपटक मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। उनले मन्त्रालयको कामलाई पारदर्शी बनाउने र आफू पनि पारदर्शी बन्न सम्पत्ति विवरण सार्वजनिक गरिएको बताए।

‘संवेदनशील अवस्थामा मैले यो मन्त्रालय सम्हाल्ने अवसर पाएको छु। मन्त्रालयका कतिपय कामका सम्बन्धमा प्रश्न उठेका छन्,’ मन्त्री तामाङले भने, ‘मन्त्रालयका हरेक कामलाई पारदर्शी बनाउन म प्रतिबद्धता जनाउन चाहन्छु।’

उनले मन्त्रालयमा ‘आज मेरो अन्तिम दिन हो’ भन्ने सोच लिएर काम गर्ने बताए। कोभिड नियन्त्रण, रोकथाम तथा उपचारको कामलाई प्रभावकारी बनाउने उनको प्रतिबद्धता छ। मन्त्री तामाङले सबै नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि अध्ययन सुरु गरिने उनले बताए।