दरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौं : बाबुराम भट्टराई
२० जेष्ठ २०७८, बिहीबार ०८:२७
काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।
भट्टराईले एक ट्वीटमार्फत राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृङ्खला चलिरहनु लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय नरहेको बताएका छन् ।
उनले भनेका छन्,‘राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोपप्रत्यारोपको शृङ्खला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्र निम्ति शोभनीय हैन। राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गरी यो रहस्य सदाकोनिम्ति अन्त्य गरौँ ।’ उनले आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गर्न आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया