राष्ट्रपतिद्वारा ४ सय ३० कैदीलाई माफी
१४ जेष्ठ २०७८, शुक्रबार १९:५०
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरुको सजय कट्टा गरि माफी दिएकी छिन् सरकारको सिफारिसमा उनीहरुलाई माफी दिएएको राष्ट्रपति कार्यालयले जनाएको छ । विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुलाई माफ दिने गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सेटिङ’ मा प्रतिनिधिसभा विघटन गरेको भन्दै राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ । भण्डारीलाई विपक्षी दलहरूले प्रधानमन्त्री ओलीको मतियार बनेको समेत आरोप लगाएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया