नीजी क्षेत्रद्धवारा सञ्चालित इटहरीको सुबिधा सम्पन्न आइशोलेशन सञ्चालनमा
१२ जेष्ठ २०७८, बुधबार १७:२३
सुनसरी । सुनसरीकोे इटहरी उपमहानगरपालिकामा निजी क्षेत्रको अगुवाइमा अक्सिजन सहितको जिल्लाकै बसै भन्दा बढी ८० शैयाको आइसोलेसन संचालनमा आएको छ ।
सिमित ब्यक्तिहरु सहभागी भएर सामान्य कार्यक्रम गरी आइशोलेशन सञ्चालनमा आएको घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्धवारिकलाल चौधरीको शुभकामना मन्तब्यसंगै आइशोलेशन सञ्चालनमा आएको घोषणा गर्नुभएको हो ।
इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजन सहितको आइसोलेसन एक साताअघि नै तयार गरिएपनि मंगलबाबाट सञ्चालनमा आएको हो ।
नेपालप्रेस युनियन सुनसरी, युवाउद्यमी मञ्च इटहरी,श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इटहरीले आइसोलसन संचालनमा साथ दिएका छन् ।
नीजी क्षेत्रको पहलमा सञ्चालन भएको सुबिधा सम्पन्न आइशोलेशनले इटहरी नगरबासीलाई ठुलो राहत मिल्ने नगरप्रमुख चौधरीले बताउनुभयो । उहाँले नीजी क्षेत्रको यो पहल उदाहरणीय भएको भन्दै प्रशंशा समेत गर्नुभयो । तीनतल्ले भवनमा सञ्चालित सुबिधा सम्पन्न आइशोलशनमा प्राविधिक रुपमा डाक्टर र नर्स सहितको सुविधा रहेको छ । पछिल्लो समय सुनसरी सहित आसपासका क्षेत्रमा कोरोना भाइरस संक्रमण तिब्र भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिनका लागि निजी क्षेत्रको अगुवाइमा आइसोलेसन तयार गरिएको मारवाडी सेवा समिति इटहरीका अध्यक्ष मुकेश अग्रवालले बताउनुभयो ।
स्थानीय तहले निर्माण गरेका कतिपय आशोलेशनमा बिरामी बस्न नमानेको गुनासो बढिरहेको बेला संचालन भएको सुबिधा सम्पन्न यो आइशोलेशनमा संक्रमितलाई खाना र बस्न निःशुल्क व्यवस्था मिलाइएको छ । यसका साथै बिभिन्न खेलकुदका सामाग्री, बिभिन्न पुस्तक, उच्च गतिको इन्टरनेट र टेलिभजनको सुबिधा समेत रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो ।
आइशोलेशनमा निशुल्क एम्बुलेन्स सेवाका साथै नोबेल अस्पताल संगको सहकार्यमा ७ सय ५० रुपियाँमा पिसिआर जांचगर्ने सुबिधा पनि रहेको अधिकारीले बताउनुभयो । उपमहानगरपालिकाले पनि इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन तयार गरेको छ ।
गतवर्ष एक सयशैया क्षमता संचालित यो आइशोलेशन यसवर्ष ५० शैयामा सीमित गरिएको छ । यस्तो बेलानिजी क्षेत्रबाट संचालित आइशोशनले राहतदिने बिश्वास गरिएको उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताउनुभयो । महामारीमा सरकारी क्षेत्रको मात्रमुख ताक्ने प्रवृती रहेकोमा निजी तथा सामाजिक क्षेत्रबाट भएको यस्तो कार्यको अन्त तिर पनि अनुशरण गर्न प्रेरणा मिल्ने पौडेलको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया