इनरुवामा २१ जनाको मृत्यु, ४५५ संक्रमित – Nagarikabhiyan : National News

इनरुवामा २१ जनाको मृत्यु, ४५५ संक्रमित

सुनसरी । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा दोस्रो भेरियन्ट सुरु भएको कोरोना भाईरसका कारणले २१ जनाको मृत्यु भएको छ । बुधबार इनरुवा नगरपालिका २ मेहता टोलमा एक वृद्धको कोरोनाकै कारणले निधन भएपनि मृतकको संख्या २१ पुगेको इनरुवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

इनरुवामा वैशाखदेखी हालसम्म कुल ४५५ जना संक्रमित रहेकोमा १५७ जना संक्रमण मुक्त भएका छन् । हाल इनरुवाको विभिन्न वडामा गरी २७७ जना सकृय संक्रमित उपचारमा अस्पताल र होमआईसोलेसनमा रहेका छन् । संक्रमितहरुलाई मोवाईल सेवा र परामर्शका लागि प्रत्येक वडाका स्वास्थ्यकर्मीहरुको मोवाईल नम्बर सार्वजनिक गरेर सल्लाह, सुझाव र परामर्श लिनका लागि अनुरोध समेत गरेको छ ।

इनगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत डिल्लीराज निरौालले कोराना संक्रमितहरुलाई उच्च मनोवलका साथ नियमति व्याम सहित स्वास्थ्य परामर्शका लागि आग्रह गर्नुभएको छ । निरौलाले विज्ञप्ती जारी गर्नुहुदै कोरोनाबाट संक्रमितहरुलाई परामर्श सहित पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज खोप लगाउने तयारी भएकाले नाम टिपानका लागि आग्रह गर्नुभएको छ ।