एमालेले १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउँदै
१२ जेष्ठ २०७८, बुधबार १३:१२
काठमाडाै । नेकपा एमालेले पार्टीका विघटित प्रतिनिधि सभाका १२ सांसदलाई सोधिएको स्पष्टीकरण पत्र बुधवार पठाउने भएको छ ।
एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल– माधव नेपाल पक्षका १२ जना सांसदलाई सोमबारबाटै लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण बुधबार मात्रै पठाउन लागेको केन्द्रिय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
सोमबार बसेको स्थायी कमिटि बैठकले खनाल–नेपाल सहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
एमालेले दोस्रो चरणमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोध्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया