एम्बुलेन्समा गाँजा ओसारपसार गरेको आरोपमा दुई पक्राउ – Nagarikabhiyan : National News

एम्बुलेन्समा गाँजा ओसारपसार गरेको आरोपमा दुई पक्राउ

इनरुवा ।  सुनसरीको कोशी राजमार्गको धरान धनकुटा सडक खण्डमा एम्बुलेन्समा गाजा तस्कारी गरीरहेको अवस्थामा एम्बुलेन्स सहित दुई जना पक्राउलाई गरिएको छ । इलाका प्रहरी कार्यालय धरानले धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्समा शंका लागेर जाँच गर्दा गाँजा बरामद भएको हो । हुडेप नेपाल खेलिएको मारुती एम्बुलेन्सको पछाडिको भागमा २५ केजीका दरले बनाइएको चार पोकामा एक सय केजी गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार सोमबार राति करिब ७ बजेतिर गाँजासहित एम्बुलेन्स चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटा सहिदभूमी गाउँपालिका १ घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोषन राईलाई पक्राउ गरिएको हो । उनीहरुलाई लागूऔषध ओसार पसार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको धरान प्रहरीले जनाएको छ ।