गोली लागेका माओवादीका नेता पाण्डेको मृत्यु – Nagarikabhiyan : National News

गोली लागेका माओवादीका नेता पाण्डेको मृत्यु

काठमाडाैं । कपिलवस्तुमा गत बुधवार गोली लागेका माओवादी केन्द्रका नेता दिपक पाण्डेको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ । पाण्डेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

पाण्डेलाई भैरहवा मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई सोमबार थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

पाण्डेलाई बुधबार राति ११ बजे कपिलवस्तु नगरपालिका–३ सडवामा गोली प्रहार गरिएको थियो । उहाँलाई गोली हान्ने दुई युवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहको छ ।