देवानगंजका स्वास्थय संस्थालाई स्वास्थय सामग्री हस्तान्तरण
१० जेष्ठ २०७८, सोमबार २१:५२
देवानगंज । सुनसरीकाे देवानगंज गाउँपालिकाका दुई जना यूवाहरू पारस भगत र मुनमुन भगतले देवानगंज गाउँपालिकामा रहेकाे स्वास्थय संस्थाहरू स्वास्थय सामग्री हस्तान्तरण गरेका छन ।
काेराेना संक्रमण भयावह भइरहेकाे बेला स्वास्थ्यक्रमीहरूले फ्रन्टलाइनमा खटिएकाे छ । स्वास्थ्य कर्मिकाे उच्च मनाेबल बढाउनका निमित्त स्वास्थ्य सामग्री वितरण गरिएकाे यूवाहरूकाे भनाई रहेकाे छ ।
यूवा पारस भगतका अनुसार आफू समेत स्वास्थ्य सेवामा कर्यरत रहेकाेले यस्ताे कर्यक्रम गर्न उत्सुक भएकाे र समाज सेवा गर्न पाउँदा आफू खुशि भएकाे बताउनु भयाे ।
अर्का यूवा मुनमुन भगतका अनुसार देवानगंज यूवाहरू समेत यस्ताे कर्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने र हामी जहिले पनि जुन अवस्थामा पनि जस्ताे सुकै सहयाेग गर्न आफुहरू तयार रहेकाे बताउनु भयाे ।
देवानगंजका दुई जना हाेनहार यूवाहरूले काेराेना माहामारी सुरू भए देखिनै सुरक्षाकर्मि, पत्रकार र स्थानिहरूमा, माक्स, सेनिटाईजर,फेसशिल्ड लगायतका स्वास्थ्य सामग्री वितरण गरी सकेका छन् । यूवाहरूका अनुसार यस कर्यमा थप निरन्तरता दिने समेत बताउनु भयाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया