पूर्वसेनापति कटुवाल गृहमन्त्रीको दौडमा, सपथ कहिले ? – Nagarikabhiyan : National News

पूर्वसेनापति कटुवाल गृहमन्त्रीको दौडमा, सपथ कहिले ?

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दलहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्दै छन् । यस्तो बेलामा गृहमन्त्रीको दौडमा पूर्वसेनापति रुक्मांगद कटुवाल प्रथम स्थानमा आइपुगेका छन् ।

जसपाको महन्थ-महतो समूहकै सिफारिसमा कटुवाल गृहमन्त्रीको दौडमा सबैभन्दा अगाडि आइपुगेको स्रोतको दाबी छ । भारतीय दूतावासको सिफारिसमा कटुवाललाई गृहमन्त्रीको रुपमा अगाडि सार्न लागिएको स्रोतले दावी गरेको छ ।

आइतबार मात्रै पूर्वसेनापति कटुवाल सुटुक्क भारतीय दूतावास पुगेका थिए । पूर्वसेनापति कटुवालले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गर्न नपाएपनि दूतावासका सेकेन्डम्यान र राजनितीक ब्युरो हेर्ने अधिकारीसँग भेटघाट गरेको स्रोतले जानकारी दियो ।

नेपालको राजनीतिमा पारदर्शिता र जवाफदेहीताको पक्षमा वकालत गर्ने कटुवालको अहिलेको अपारदर्शी दौडलाई अस्वभाविक मानिएको छ । तर, आफू निकटवर्तीहरुसँग भने कटुवालले एक दुई दिनमै गृहमन्त्रीको सपथ लिने दावी गर्दै आएका छन् ।

उनले हालै भारतको सत्तारुढ दल बीजेपीको मातृ संगठन भनेर चिनिएको राष्ट्रिय स्वयंसेवक संघका केही कार्यक्रमहरुमा भाग लिने गरेको सूचना सुरक्षा निकायहरुमा प्राप्त भएको बताइएको छ । ती कार्यक्रमहरुमा उनले नेपालमा छाडातन्त्र हावी भएको भन्दै कुनै न कुनै रुपमा राजतन्त्रलाई ठाउँ दिनुपर्ने कुराको वकालत गर्ने गरेका छन् ।

source : palak khaber