सिंगापुरद्वारा १३ टन सहायता सामग्री सहयोग
९ जेष्ठ २०७८, आईतवार २०:०४
काठमाडौँ । सिंगापुरले देशमा फैलिएको कोभिड–१९ महामारीसँग लड्नका लागि १३ टन बढी स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल वायु सेवाको चार्टर उडान सिंगापुरबाट शनिबार काठमाडौं आइ पुगेको छ ।
तामासेक फाउण्डेशन सिंगापुर,लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रा.लि. का साथै नेपाल सरकार, विभिन्नमन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपालीप्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको छ ।
करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) को ती सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।
गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले ती सामग्री हस्तान्तरण गरेका हुन् । सहयोग गरेका सामग्रीहरुमा १ लाख २३ हजार बढी फोर्टिट्यूड ५००० बाकस सिटोटेष्ट श्वाब किट्स (२,५०,००० किट), २५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजीइभो भेन्टिलेटर, ५० युवेल नन–इन्भेसिभ भेन्टिलेटरहरु र ४००० पल्स अक्सीमीटरहरु रहेका छन् । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया