निर्वाचन अगाडि नै सबैलाई खाेप लगाइ सक्ने गरी सरकार लागिपरेकाे छ : प्रधानमन्त्री ओली – Nagarikabhiyan : National News

निर्वाचन अगाडि नै सबैलाई खाेप लगाइ सक्ने गरी सरकार लागिपरेकाे छ : प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिनुभयो ।

निर्वाचन अगाडि नै नागरिकलाई खोप लगाइ सक्ने ढङ्गले मित्र राष्ट्र तथा खोप उत्पादकहरूसँग सरकारले कुरा गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले सही कुराको जानकारी गराएर भ्रम छर्नेहरूबाट नागरिकलाई जोगाउन सञ्चार जगतसँग आग्रह पनि गर्नुभयो ।