स्थानिय श्री राधाकृष्ण त्रिशक्ति युवा कल्बले ; सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गरे
९ जेष्ठ २०७८, आईतवार १७:५८
देवानगञ्ज । समाजिक कार्यमा थप तिब्रता दिदै स्थानिय श्री राधाकृष्ण त्रिशक्ति युवा कल्बले आज साहेबगञ्ज बोडर आउट पोष्ट र ईलाका प्रहरी कार्यलाय साहेबगञ्ज लगायतका ठाउँमा पुगेर मास्क , सेनिटाइजर, फेस सिल्ड तथा गलभ्स बितरण गरेका छन् ।
सुनसरीको देवानगन्ज गाउँपालिका जहाँ स्थानिय सरकारले गर्न नसकेको काम स्थानिय क्लबका युवाहरूले गरेर देखएका छन। देवानगञ्ज गाउँ पालिका साहेबगञ्जका समाजसेवी युवाहरुले आज सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गरेका छन।

कोरोना भाइरसको दोस्रो लहरको बेला भोक तिर्खा निन्द्रा केही न भनिकन फ्रन्ट लाईनमा रहेर जोखिम उठाउदै अहोरात्र जन्ताका सेवामा खटिरहेको साहेबगञ्ज बोडर आउट पोष्ट ईलाका प्रहरी कार्यलाय साहेबगञ्ज लाई मास्क, ह्यान्ड सेनिटाईजर, फेस शिल्ड र सर्जिकल ग्लभ्स जस्ता स्वास्थ्य सामग्रीहरु वितरण गरेका छन।

यसअघि पनि स्थानिय श्री राधाकृष्ण त्रिशक्ति युवा द्वारा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएसँगै बोर्डर आउट पोस्ट साहेबगञ्जका सुरक्षाकर्मीहरुलाई खाजा बितरण गरेका थिए ।
कोरोना संक्रमणका कारण सिंगो देश लक डाउनमा रहेका वखत सरकारको आवश्यक निति र निर्देशन अनुसार विरामीको उपचारमा खट्ने स्वास्थ्यकर्मी,सुरक्षामा खटिने प्रहरी र जनतालाई सूसूचित गर्न कृयासिल संचारकर्मीको स्वास्थ्य जोखिम घटाउन यस प्रकारका सामानहरु वितरण गर्नु आफुहरुको लक्ष्य रहेको बताउनुभयो ।

साहेबगञ्ज बिओपी पति मनाेज बिष्टका अनुसार अहिले कोभिड-१९ को विकराल अवस्थामा यति सहगाेग गर्नु भएकाेले हामीलाई थप उर्जा प्रदान भएकाे बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय साहेबगञ्ज प्रमुखका अनुसार समाजसेवी युवाहरूलाई धन्यवाद दिदै हामीलाई अझै सुरक्षा कडा गर्न सहयोग पुगेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया