८ हजार ४०७ मा कोरोना संक्रमण पुष्टि, ७ हजार ८९० जना निको – Nagarikabhiyan : National News

८ हजार ४०७ मा कोरोना संक्रमण पुष्टि, ७ हजार ८९० जना निको

२४ घण्टामा देशभर ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणमा ८ हजार ४०७ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यस्तै २४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ पुगेको छ । क्वारेन्टाइनमा ९१२ जना छन् ।

थप १७७ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप १७७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी १७७ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।