स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण – Nagarikabhiyan : National News

स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण

देवानगंज । देशभर नै कोरोनाको महामारी बढेको बेला सुनसरीको देवानगञ्ज गाउँपालिकामा पनि तीन जनाको निधन भएको र दजर्नौ कोरोना संक्रमित भएर आईसोलेसनमा रहेकाले त्यसलाई मध्यनजर गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

सीमावर्ती देवानगञ्ज गाउँपालिकालाई शुक्रबार एक नम्बर प्रदेशका प्रमुख प्रतीपक्षी दलका नेता एवम नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सीमावर्ती क्षेत्रमा कोरोना जोखिम बढ्दै गएकाले सुनसरी क्षेत्र नम्बर प्रदेश २(ख) का प्रदेश सांसद समेत रहनुएका कोइरालाले आफनो क्षेत्रमा स्वास्थ्य सामग्री प्रमुख प्रशासकिय अधिकृत चुडामणि गुरागाईलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्नुभयो ।

कोरोना उच्च जोखिम बढ्दै गएकाले आफ्नो मतदाता तथा नागरिकप्रति उतरदायी हुदै कोइरालाले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्नुभएको जानकारी दिनुभयो ।

कोरोना संक्रमित व्यक्तिहरुलाई थप उपचार गर्न आफूले सहयोग गर्ने र कोरानाको लक्षण देखापरेकाहरुलाई पीसीआर परीक्षणको तयारीमा जुटेको कोइरालाले बताउनुभयो ।

देवानगञ्ज गाउँपालिकालाई चार हजार मास्क र सेनिटाइजर लगायतको स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको नेता कोइरालाले बताउनुभयो । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि आफूले तत्काल स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताउनुभयो । वहाँले आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने मुल मन्त्रलाई ध्यानमा राख्न आग्रह गर्नुभयो । देवानगञ्ज गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जनताको हकमा यस्तो समयमा चौबिसै घण्टा लाग्न अनुरोध समेत वहाँले गर्नुभयो ।

पालिकाको सर्वदलिय बैठकमा नेता कोइरालाले जनताको पीसीआर परीक्षणको दायरा बढाउन आफू पनि लागेकोले जनप्रतिनिधिहरुले चासो राखेर दुःखको घडीमा जनताको साथमा रहनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य सामग्री हस्चान्तण कार्यक्रममा प्रमुख प्रतीपक्षी दलका नेता तथा नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइराला सहित गाउँपालिकाका ७ नम्बर वडा अध्यक्ष बद्री प्रसाद यादव, पार्टीका जिल्ला सचिव केदार भण्डारी सहित नेताहरुको उपस्थिती रहेको थियो ।