मलाई भरपर्दो लागेर राष्ट्रपतिले नियुक्त गर्नुभयो भने सरकार बनाउनेछु : प्रधानमन्त्री ओली – Nagarikabhiyan : National News

मलाई भरपर्दो लागेर राष्ट्रपतिले नियुक्त गर्नुभयो भने सरकार बनाउनेछु : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रपतिको आव्हान अनुसार सरकार बनाउने प्रयास गर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसँग बहुमत नभएकोले आफूले अन्य दलसँग समर्थन मागेर सरकार बनाउने प्रयास गर्ने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूसँग १२१ मतभार रहेको दाबी गरेका गरे। शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सम्पादकहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भरपर्दो लागेर राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नियुक्त गरे नयाँ सरकार बनाउने घोषणा गरेका हुन्।

मलाई सरकार चलाउन मन छैन। मैले राष्ट्रपतिज्यूलाई भनें। उहाँले बाटो खोल्नुभयो’, उनले भने, ’अहिलेसम्म मसँग १२१ मतभार छ। अलिक सजिलो होला कि भनेर कोसिस गरेको छु। त्यो भरपर्दो आधार लागेर मलाई नियुक्त गर्नुभयो भने सरकार बनाउनेछु।’लोकपाटी न्यूज