सुनकोशी नदीमा बालक बेपत्ता, खोजी कार्य जारी – Nagarikabhiyan : National News

सुनकोशी नदीमा बालक बेपत्ता, खोजी कार्य जारी

ओखलढुंगा । ओखलढुङगाको सुनकोशी गाउँपालिका–१ मा सुनकोशी नदीले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् । स्थानीय नबिन राईको १३ बर्षीय छोरा कुशल राई नदीले बगाउँदा बेपत्ता भएका हुन् ।
बिहिबार बिहान ९ बजे तिर साथीहरुमिलेर तीन जना पौडी खेल्न नदीमा गएको र उनि गहिरो स्थानमा पुगेपछि नदीले बगाएरबेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जनाकारी दिनुभयो । पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा बालक बेपत्ता भएका र बेपत्ता भएका बालकको प्रहरी तथा स्थानीयको सहयोगमा खोजी कार्य जारी रहेको बताईएको छ ।