नेपालमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको पुष्टि – Nagarikabhiyan : National News

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ भेरिएन्टको कोरोना भाइरस फैलिएको पुष्टि गरेकाे छ । मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा काेराेना भाइरसकाे थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो ।

मन्त्रालयकाअनुसार गएकाे हप्ता देशका विभिन्न ठाउँबाट ३५ नमुना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मङ्गलवार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुवै भेरिएन्ट भारतमा पहिलो पटक भेटिएको थियो । यो दुवै भेरिएन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।