दैलेखमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
४ जेष्ठ २०७८, मंगलवार १०:३९
सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज विहान अन्दाजी ६ बजे जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप दुल्लु नगरपालिका–३, सियालामा दुर्घटना भएको प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार दुर्घटनमा परि गुठिचौर गाउँपालिका ४ का ३८ वर्षीय जिप चालक रामहरि न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको छ । जिप सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
जिपमा दुईजना मात्रै सवार रहेको जनाइएको छ भने घटनाको प्रारम्भिक अनुसन्धान कार्य भईरहेको प्रहरी कार्यालय दैलेखको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया