यादवलाई मातृ शोक
२ जेष्ठ २०७८, आईतवार १६:४०
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका योजना सहायकको रुपमा कार्यरत रामचन्द्र यादवलाई मातृ शोक परेको छ । यादवको आमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ निवासी भुटनीदेवी यादवको जेठ १ गते राती निधन भएकाले मातृ शोकमा पर्नुभएको हो । यादवले जेठ २ गते हिन्दु संस्कार अनुसार आमालाई दागबदी दिएर अन्तिम संस्कार गर्नुभएको छ ।
यादवकी आमा प्रति श्रद्धाञ्जली दिन गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहता, वडा अध्यक्षहरु हारुन अंसारी, तामि अंसारी, रामचन्द्र यादव सहित नेपाली काग्रेंसका गाउँ सभापती युवराज दाहाल, अध्यक्षका प्रत्यासी अजमल अजाद, पूर्व सभासद सूर्यदेव दास उराँव सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, पेशाकर्मी, संचारकर्मी र गाउँबासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
राष्टिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँपालिका संयोजक रमेश कुमार यादव, रविन्द्र यादव, रमेश प्रसाद यादव, यादव सेवा सेवा समितिका सचिव जयकृष्ण यादव र सहसचिव प्रमोद यादव लगायतकाले पनि श्रद्धाञ्जली अप्रर्ण गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया