राेकिएन देवानगञ्जका युवाहरू
३१ बैशाख २०७८, शुक्रबार २२:३४
देवानगञ्ज । समाजिक कार्यमा थप तिब्रता दिदै देवानगंजका पारस कुमार भगत र मुनमुन भगतले आज साहेबगञ्ज बाेडर आउट पाेष्ट , अस्थाई प्रहरी चाैकी राजगञ्ज सिनुवारी , ईलाका प्रहरी कार्यलाय देवानगञ्ज र ईलाका प्रहरी कार्यलाय हरिनगरा लगायत विभिन्न ठाउँमा पुगेर मास्क , सेनिटाइजर, फेस सिल्ड तथा गलभ्स बितरण गरेका छन् ।
सुनसरीको देवानगन्ज गाउँपालिका जहाँ स्थानिय सरकारले गर्न नसकेको काम दुई जना युवाहरूले गरेर देखएका छन। देवानगञ्ज गाउँ पालिकाका दुई समाजसेवी युवाहरुले आज सुुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गरेका छन। जयप्रकाश मेहताकाे विशेष सहयाेगमा याे कार्यक्रम भएकाे छ । 
देवानगञ्ज गाउँपालिकाका युवाहरु पारस कुमार भगत र मुनमुन भगतले कोरोना भाइरसको दोस्रो लहरको बेला भोक तिर्खा निन्द्रा केही न भनिकन फ्रन्ट लाईनमा रहेर जोखिम उठाउदै अहोरात्र जन्ताका सेवामा खटिरहेको साहेबगञ्ज बाेडर आउट पाेष्ट , अस्थाई प्रहरी चाैकी राजगञ्ज सिनुवारी , ईलाका प्रहरी कार्यलाय देवानगञ्ज र ईलाका प्रहरी कार्यलाय हरिनगरालाई मास्क, ह्यान्ड सेनिटाईजर, फेस शिल्ड र सर्जिकल ग्लभ्स जस्ता स्वास्थ्य सामग्रीहरु वितरण गरेका छन।
यसअघि पनि समाजसेवी युवाहरुले कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएसँगै बोर्डर आउट पोस्ट कप्तानगंज, प्रहरी चौकी कप्तानगंज र ईलाका प्रहरी कार्यालय सितागंजलाई मास्क, ह्यान्ड सेनिटाईजर, फेस शिल्ड र सर्जिकल ग्लभ्स जस्ता स्वास्थ्य सामग्रीहरु वितरण गरेका थिए । 
कोरोना संक्रमणका कारण सिंगो देश लक डाउनमा रहेका वखत सरकारको आवश्यक निति र निर्देशन अनुसार विरामीको उपचारमा खट्ने स्वास्थ्यकर्मी,सुरक्षामा खटिने प्रहरी र जनतालाई सूसूचित गर्न कृयासिल संचारकर्मीको स्वास्थ्य जोखिम घटाउन यस प्रकारका सामानहरु वितरण गर्नु आफुहरुको लक्ष्य रहेको बताउनुभयो ।
साहेबगञ्ज बिओपी पति मनाेज बिष्टका अनुसार अहिले कोभिड-१९ को विकराल अवस्थामा यति सहगाेग गर्नु भएकाेले हामीलाई थप उर्जा प्रदान भएकाे बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय देवानगंजका प्रमुखका अनुसार समाजसेवी युवाहरूलाई धन्यवाद दिदै हामीलाई अझै सुरक्षा कडा गर्न सहयोग पुगेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया