बामदेवले ओलीलाई भने : पार्टी एकतामा सफलता मिलोस् – Nagarikabhiyan : National News

बामदेवले ओलीलाई भने : पार्टी एकतामा सफलता मिलोस्

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले ओली–नेपालबीचको संवाद पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित नुहुनपर्ने बताएका छन् । उनले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी शुभकामना पनि दिनुका साथै पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएकोमा गौतमले बधाई पनि दिएका छन् ।

‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरू अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क. माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ’, नेता गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’

नेता गौतमले एमाले विभाजित भए आफूले ओलीको साथ छाडेर खनाल–नेपाल समूहमा लाग्ने बताएका थिए ।