नक्कली पेस्तोल र लागूऔषधसहित तीन पक्राउ – Nagarikabhiyan : National News

नक्कली पेस्तोल र लागूऔषधसहित तीन पक्राउ

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले नक्कली पेस्तोल र लागूऔषधसहित तीनजना युवाहरुलाई पक्राउ गरेको छ ।

सुनसरी प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीले मंगलबार बिहानको नक्कली पेस्तोल र लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको हो । नक्कली पेस्तोल र लागूऔषधसहित पक्राउ पर्नेहरूमा जिल्लाको कोशी गाउँपालिका १ लौकहीका शोसिल साह, अमन साह र गणेशकुमार साह रहेका छन् ।

उनीहरूको साथबाट नक्कली पेस्तोल एक थान, डाइलेक्स डिसी ४७ बोतल, नाट्रोजन ९० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन २३ क्याप्सुल र कौडा २१ थान बरामद सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।