गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ, आजै सपथ ग्रहण – Nagarikabhiyan : National News

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ, आजै सपथ ग्रहण

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पनि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिने भएका छन् । कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि पुनः गुरुङ नै मुख्यमन्त्री बन्ने भएका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गर्नुभएको छ । गुरुङलाई बुधवार (आज) नै शपथ खुवाउने तयारीसमेत भएको छ । कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुर्‍याउन नसकेपछि गुरुङ संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको ठूलो दलको संसदीय दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्नुभएको हो ।

राष्ट्रिय जनमोर्चाका दुई जना प्रदेश सभा सदस्यले आफूहरू तटस्थ बस्ने बताएपछि विपक्षी गठबन्धनको बहुमत नपुगेको हो । प्रदेश सभा सदस्यहरू कृष्णचन्द्र थापा र खिमविक्रम शाहीले छुट्टा छुट्टै विज्ञप्ति निकालेर सरकार निर्माणको विषयमा आफूहरू तटस्थ रहेको जानकारी गराएका थिए ।