धनकुटामा करेन्ट लागेर २ जनाको मृत्यु
२८ बैशाख २०७८, मंगलवार १६:४०
धनकुटा । धनकुटा नगरपालिका-५ बाल मन्दिर बस्ने राजु श्रेष्ठको १० वर्षीय छोरा संजोग श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरमा विद्युतको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ, घोराही उपमहानगरपालिका-११ नयाँबस्ती बस्ने ४५ वर्षीय टेक बहादुर गन्धर्वको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरको बारीमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया