जसपा विवादका कारण कांग्रेसले बोलाएको सर्वदलीय बैठक स्थगित
२८ बैशाख २०७८, मंगलवार १२:५६
काठमाडौं । जनता समाजवादी पार्टीमा देखिएको विवादका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ ।
सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका थिए ।
बैठकमा प्रमुख राजनीतिक दल नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी ९जसपा०लगायत दलका नेताहरुलाई बोलाइएको थियो ।
नयाँ सरकार, पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने जनाइएको थियो । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल सुरु गर्न लागेको हो ।
जसपामा देखिएको विवादका कारण बैठक स्थगित भएको स्रोतले बताएको छ । जसपामा स्पष्ट दुई पक्ष देखिएकाले कां्रेस नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना क्षीण बन्दै गएको छ ।
एमालेका माधव नेपाल पक्षले राजीनामा दिएमा मात्र कांग्रेस नेतृत्वमा सरकार बन्ने स्थिति छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया