नागरिक अभियान समाचारको प्रभाव,हिलामे र जलमग्न सडकमा गाउँपालिकाले ग्राभेल झार्ने काम सुरु गरे – Nagarikabhiyan : National News

नागरिक अभियान समाचारको प्रभाव,हिलामे र जलमग्न सडकमा गाउँपालिकाले ग्राभेल झार्ने काम सुरु गरे

सुनसरीको देवानगञ्ज गाउँपालिका २ बजारको उत्तर तर्फ बैशाखकै वर्षामा जलमग्न समाचार प्रकाशन भएपछि गाउँपालिकाको ध्यानाक्रर्ण भएको छ । गाउँपालिकाले समाचार हेरेपछि वाटोमा ग्राभेल झार्ने काम सुरु गरेको हो । समाचारले सरोकारबालाहरुलाई ध्यानक्रर्षण गराउने, जनतामा शिक्षा र सचेतना प्रवाह गर्दै आएको बेला त्यसको पच्छिलो नतिजा हिलामे र जलमग्न सडकमा गाउँपालिकाले ग्राभेल झार्ने काम सुरु गरेको हाम्रा सामाचारदाता जुगेश दासले जनाएको छ ।