ड्युटीका प्रहरी निराश – Nagarikabhiyan : National News

ड्युटीका प्रहरी निराश

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै दोस्रो लहरको कोभिड संक्रमण व्यवस्थापनमा खटिएका कर्मचारीलाई अतिरिक्त भत्ताको व्यवस्था गरिने कुरा बताए पनि त्यो विषय लागु हुन सकेको छैन ।

विशेषतः सडकमा कोभिडको जोखिम मोल्दै ड्युटीमा खटिएका सुरक्षाकर्मीहरुको हकमा कुनै किसिमको अतिरिक्त भत्ता वा सुविधा दिइएको छैन । नेपाल प्रहरीका एक उच्च अधिकृतले बताएअनुसार, प्रधानमन्त्रीले घोषणा गरेपछि प्रहरी प्रधान कार्यालयले पटक–पटक गृह र अर्थ मन्त्रालयमा घोषणाबमोजिमका विषयको ताकेता ग¥यो, तर केही पनि पाएन । अहिले सडक व्यवस्थापनमा खटिएका ट्राफिकसहितका नेपाल प्रहरी र सशस्त्रका कर्मचारीले ड्युटी अवधीमा पानीसम्म पिउने सुविधा पाएका छैनन् ।

सशस्त्र प्रहरीले भने प्रति प्रहरी ड्युटी अवधी कम गरेर खाजा र आराम गर्ने समय दिने गरेको सशस्त्र मुख्यालयका एक अधिकृत बताउँछन् । तर, सरकारले दिने भनेको अतिरिक्त भत्ता वा सुविधा नआएको गुनासो उनले पनि गरेका छन् ।दृष्टिअनलाइनमा छ ।