कोरोनाबाट बर्दियाका थप ६ जनाको मृत्यु
२८ बैशाख २०७८, मंगलवार ०९:५८
बर्दिया । बर्दियामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका-६ का २१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले बताए । उनलाई वैशाख १८ गते कोरोना पोजिटिभ भई उपचारका लागि भर्ना गरिएको थियो ।
यसैगरी बासगढी नपा—९ की ७३ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनी वैशाख २२ गते कोरोना संक्रमित भई उपचारका लागि भर्ना भएकी थिए । यसैगरी बारबर्दिया नगरपालिका-६ का ६३ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारकै क्रममा मृत्यु भएको छ । वैशाख ८ गते उनी उपचारका लागि भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जनाए ।
बढैयाताल गाउँपालिका-३ का ७८ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ । उनको मंगलबार बिहान मृत्यु भएको छ ।
बासगढी नगरपालिका-५ का ४१ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । बढैयाताल गाउँपालिका-१ का ८५ वर्षीय पुरुषको भेरी असपतालमा मंगलबार कोरोनाबाट मृत्यु भएको छ । उनी सोमबार कोरोना संक्रमित भएर भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया