आज थप ९ हजार २७१ जनामा कोरोना संक्रमण १३९ को मृत्यु
२७ बैशाख २०७८, सोमबार १९:२९
काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जना कोरोना संक्रमित थपिएका छन् भने १३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
साथै सो अवधिमा चार हजार सात जना निको हुनु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साे अवधिमा १८ हजार ४११ जनाकाे आरसीपीसीआर टेस्ट गरिएकाे थियाे । सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया