बंगलादेशले पनि गर्यो नेपाल वारे यस्तो निर्णय
२७ बैशाख २०७८, सोमबार १४:२५
काठमाडौ । नेपालमा कोरोना महामारी बढ्दै गएका कारण आफ्नो मुलुकलाई कोरोना महामारीको जोखिमवाट जोगाउन बंगलादेशले नेपालवारे निर्णय गरेको छ । नेपालमा कोरोना भयावह भएको निष्कर्ष सहित सोमवारवाट बंगलादेशले पनि नेपालसँग हुने उडान बन्द गरेको छ । बंगलादेशले अनिश्चितकाल सम्मका लागि उडानमा रोक लगाएको हो ।
बंगलादेशको उड्डयन प्राधिकरणले आइतबार उक्त निर्णय गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । ‘कोरोनाभाइरस फैलने जोखिमलाई रोक्नका लागि हामीले नेपालसँग हुने उडानलाई अहिलेका लागि स्थगित गरेका छौं’ जारी विज्ञप्तीमा उल्लेख छ ।
आजदेखि अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ । बंगलादेशले जोखिमको आधारमा ए,बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल एमा छ । ए समूहमा परेकालाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउने नियम छ ।ताजा खबरमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया