गढी ३ का गरिब तथा विपन्नलाई राहत वितरण
२६ चैत्र २०७६, बुधबार ११:०५
इनरुवा, चैत २६ गते । सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा स्थानीय सरकारले राहत वितरण गरेको छ । गढी ३ नम्बर वडा कार्यालयले सुकुम्बासी र दलितहरुलाई राहत वितरण गरेको हो । स्थानीय सरकारको निर्णय अनुसार गढी ३ का ७५० भन्दा बढ़ी सुकुम्बारी, दलित तथा गरिब समुदायका घरपरिवारलाई राहत वितरण गरेको हो ।
पालिका र दाताको राहत सहयोगमा वडाले बुधबार विपन्न परिवारलाई राहत स्वरुप प्रति परिवार २० केजी चामल, एक केजी दाल, एक केजी नुन, एक लिटर तेल, वितरण गरेको वडाध्यक्ष टुनालाल चौधरीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया