गोठमा भएको आगलागीबाट ७ वटा बाख्रा र एउटा गाईको जलेर मृत्यु – Nagarikabhiyan : National News

गोठमा भएको आगलागीबाट ७ वटा बाख्रा र एउटा गाईको जलेर मृत्यु

बूढीगंगा । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरका जंग बहादुर तामाङको गाई गोठमा आगलागी भएको छ । उक्त आगलागीमा परेर ७ वटा बाख्रा, एउटा गाईको जलेर मृत्यु भएको छ भने २ वटा बाख्रा र एउटा गाई घाईते भएका छन् । सोमबार राती २ बजे तामाङको गाईगोठमा आगोलागी भएको थियो ।

आगो प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगो गाईगोठमा लामखुट्टे भगाउन बालेको घुरबाट सल्केको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागीेबाट अन्दाजी ३ लाख बराबरको क्षति भएको उक्त कार्यालयले जनाएको छ ।