कोरोना कहरमा पनि तरकारी खेतिबाट आयआर्जन गर्दै कृषक – Nagarikabhiyan : National News

कोरोना कहरमा पनि तरकारी खेतिबाट आयआर्जन गर्दै कृषक

सप्तरी । सप्तरीको दक्षिणी पश्चिमी भेगमा हरियो सागसबजीहरु यतिखेर स्थानिय स्तरमा उत्पादन गरि कृषकहरु सागसाबजी बिक्रि गरि आयआर्जन गर्न ब्यस्त देखिएको छ ।

दोश्रो चरणको कोरोना भाइरसको लहरमा पनि सबैतिर बन्द रहेको बेला सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषकहरुले स्थानीय स्तरमा उत्पादन गरेको हरियो साग,सब्जी उत्पादन गरि व्यवस्थालाई सहज बनाएको छ ।

राजविराजसहित स्थानीयले भोग्दै आएको कोरोना महामारीका कारण समस्यालाई मध्यनजर गरि सप्तरीको दक्षिण भेगका करिब ३२ जना कृषकहरुले छुटा छुटै ठाउँमा स्थानिय स्तरमा खेतमा उत्पादन गरेको तरकारीहरु गाउँ ÷गाउँ तथा शहरबजार सम्म पु¥याएर बिक्रि बितरण गर्ने कार्य कृषकहरु लागि परेको सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साहले जानकारी दिनुभयो ।

सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा सञ्चालित समुन्ती कार्यक्रम जिविकोपार्जन कार्यक्रम अन्तरर्गत जिल्लाको दक्षिणी भेगको छिन्नमस्ता गाउँपालिकाको २ वटा वडामा अति विपन्न परिवारका कृषक तथा महिला सदस्यहरुले कृषक समूह मार्फत गरेको तरकारी खेतिले स्थानीय स्तरमा हरियो साग,सब्जी आपूर्ति व्यवस्थालाई सहज बनाएको कृषि प्राबिधिक साहको भनाई छ ।

उहाँका अनुसार कोरोना भाइरसका कारण समाजिक दुरी कायम गरि स्थानिय स्तरमा तरकारी अभाव हुन नदिनको लागि उनीहरु तरकारी उत्पादनमा जोड दिएर बजार सम्म पनि तरकारी पठाएर बिक्रिबितरण गरिरहेको छ ।

अहिले उनीहरुले बिभिन्न प्रकारका साग,सबजी,लोका,फर्सी,करेला, घेरा र हरियो मिचाई लगायत बिभिन्न प्रकारका हरियो तरकारीहरु उत्पादन गरि ग्रामीन भेग तथा बिभिन्न ठाउँमा तरकारी अभाव रहेको ठाउँमा सहजताका लागि तरकारी बिक्रि बितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सेभ द सप्तरीले खास गरि दलित वर्गका परिवारको जिविकोपार्जनका लागि जिल्लाको दक्षिणी भेगको छिन्नमस्ता गाउपालिका वडा नंं ५ लोखरममा बिभिन्न कृषक समुह बनाएर स्थानिय स्तरमा तरकारी उत्पादन गर्न लगाएको पाइएको छ ।

करिब १७ वटा कृषक समुहले ३ बिगाहमा जग्गामा बिभिन्न प्रकारका हरियो सागसबजी उनीहरुले लगाएका छन । डिहवारबाबा कृषक समुहले लगाएको त्यहाँ तरकारी उत्पादन गर्न सेभ द सप्तरीले जग्गा भडामा लिई कृषकहरुलाई निःशुलक बिउँबिजन समेत सहयोग गरेको छ ।

साथै उनीहरुलाई बिउ,बिजन,मल खाघ, किटनाशक औषधी लगायतका आवश्यक कृषि औजार तथा सिंचाईका लागि पम्प सेट,बोरिंगको लागि यस परियोजनाले सहयोग समेत गर्दै आएको सेभ द सप्तरीले जनाएको छ ।

उक्त सस्थाको सहयोगबाट त्यहाँका देवजी सदा,महेश पंडित,जोगेन्द्र कामेत,हिरियादेवी सदा,सहदेव पासवान सहित करिब १७ जना कृषकहरुले सामुहिकरुपमा कोरोना भाइरसका कारण कुनै काम नपाएपछि स्थानिय स्तरमा तरकारी खेति गरि आयआर्जन गर्ने गरेको देखिएको छ ।

३ बिगाह जग्गामा बिभिन्न प्रकारको तरकारी उत्पादन गरेर उनीहरु अहिले गाउँका बिभिन्न सानो बजार तथा ठुला बजारमा बिभिन्न प्रकारका साग,सबजी,लोका,फर्सी,करेला ,मिचाई लगायत बिभिन्न प्रकारका हरियो तरकारीहरु बिक्रिबितरण गरि आयआर्जन गरिरहेको कृषक जोगेन्द्र कामेतको भनाई छ ।

त्यस्तै छिन्नमसता गाउँपालिका ६ मा समेत कमलामाई कृषक समुहका किसानहरुले हरियो तरकारी करेसाबारीमा उल्लेखनीय मात्रामा तरकारी खेति लगाएका छन ।

कृषक समूहकी सदस्य साबित्रि खंगका अनुसार अहिले खेतबारीमै हरियो सबजी बजारको भाउभन्दा सस्तो दरमा बिक्री भैरहेको बताउनुभयो । सो ठाउँमा कमलामाई कृषक समुहका कारिदेवी खंग,कोशिलादेवी रिता देवी लगायत १५ जना महिला कृषकहरुले सामुहिक तरकारी खेति गरेका छन ।

उनीहरु अहिले मेहनत र पसिनाले उत्पादन गरेको तरकारीहरु कोरोना भाइरसमा सहजताका लागि बिक्रि गरि मनङग आम्दानी गरिरहेका छन ।

महिलाहरुले आफैले लगाएको तरकारीबारीबाट राम्रो आम्दानी आउन थालेपछि उनीहरु हर्सित भएका छन । आफनो जग्गा नभएपनि उनी समूहगत रुपमा स्थानीय जग्गा धनीहरुसँग सहकार्य गरी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्दै आएका छन ।

कतिपयले यसै खेतिबाट आ—आफ्नो छोरा छोरीलाई उच्च शिक्षा समेत प्रदान गर्न सफाल भएका छन । उनीहरुको लागि अहिले शिक्षा ,दिक्षा र गास बास, कपासको राम्रो माध्यम तरकारी खेति नै बनेको छ ।