धरानमा लागु औषध सहीत एक पक्राउ
१२ जेष्ठ २०७७, सोमबार २०:०८
इनरुवा । लागु औषध सहित सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । लकडाउनको निगरानी गर्न खटेको सुरक्षाकर्मीले गस्ती गर्नेक्रममा सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ मा को २२ प ७५३१ नम्वरको मोटरसाइकल सहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका.वडा नं.३ शिबगञ्ज टोल बस्ने २४ वर्षिय प्रभु नारायण यादवलार्ई नियन्त्रणमा लिई शरीर तथा उहाँले बोकेको रातो रङको कपडाको झोला खोली हेर्दा सो झोला भित्र अवैध लागु औषध डाईलेक्स डी.सी १०० एम.एल. लेखिएको १५ बोतल, नाईट्रोसन १० लेखिएको १० पतामा जसमा १०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन १ पतामा २४ क्याप्सुल फेला परेको थियो ।
यादवलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरिएको साथै र जिल्ला अदालत सुनसरीमा पेस गरी हिरासतमा राखी अनुसन्धान गर्न दिन ७ (सात) को म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया