धौलागिरि अस्पतालमा उपचाररत दुईको मृत्यु – Nagarikabhiyan : National News

धौलागिरि अस्पतालमा उपचाररत दुईको मृत्यु

बागलुङ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत दुई जनाको बुधबार राति मृत्यु भएको छ । एक जना कोरोना संक्रमित भई अस्पतालको आइसोलेसन कक्षमा उपचारत हुनुहुन्थ्यो भने अर्का मृतकलाई कोरोना संक्रमणसँग मिल्दो लक्षण थियो ।
धौलागिरि अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र वि. पोख्रेलका अनुसार बागलुङ नगरपालिका–४ का ७८ बर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । उहाँ विगत एक सातादेखि अस्पतालको आइसोलेसनमा भर्ना हुनुभएको थियो ।
मृतक पुरुषमा उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोग थियो । बुधबार राति नै म्याग्दीका एक ३३ बर्षिय पुरुषको पनि निधन भएको छ । बेनी नगरपालिका–१ का युवालाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल आउनुभएको थियो । कोरोनासँग मिल्दाजुल्दा लक्षण भए पनि उहाँको पिसिआर गरिएको छैन । स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।