लकडाउन ६२ औं दिन- उपत्यकाभित्र ३ सय ५ सवारी कारबाहीमा
११ जेष्ठ २०७७, आईतवार ११:१५
काठमाडौं । लकडाउन उल्लंघन गर्ने ३ सय ५ सवारी साधनहरू कारबाहीमा परेका छन् ।
लकडाउनको आज आइतबार ६२ औं दिन बिहान १० बजेसम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ३ सय ५ सवारीहरू नियन्त्रणमा लिइएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
२९ वटा चार पाङग्रे र २ सय ७६ वटा दुई पाङग्रे सवारी कारवाहीमा परेका हुन् । यस्तै महाशाखाले अति आवश्यक काममा बाहेक सवारी साधनको प्रयोग नर्गन आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया