लकडाउनको बेला राहत प्याकेज – Nagarikabhiyan : National News

लकडाउनको बेला राहत प्याकेज

इनरुवा । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका ८ उल्टीमा राहत स्वरुप ५० वटा प्याकेजमा ३०० सय जनालाई पुग्ने गरी राहत वितरण गरिएको छ । श्री नेपाल डेभ्लपमेन्ट सोसाईटी नामक संस्थले राहत प्याकेज वितरण गरेएको हो ।

सनिबार भोक्राहा नरसिंह गापा ८ का बसिर अन्सारी सहितको घरमा भोक्राहा नरसिंह ८ का वडा अध्यक्ष हातिम अन्सारीको अगुवाई राहत प्रदान गरिएको हो । अन्सारीको नेतृत्वमा भोक्राहा नरसिंहका ३०० जना श्रमिक तथा स्थानीय ज्यालादारी कामदारलाई श्री नेपाल डिभेलपमेन्ट सोसाइटीद्वारा राहत प्याकेज वितरण गरेको हो ।

सोसाइटीका निर्देशक मोलाना अब्दुल जब्बार फलाही साहब र सामुदायिक परिचालन बसिर अन्सारीको उपस्थितीमा ५० वटा प्याकेजमा ३०० जनालाई पुग्ने गरि राहत वितरण गरेको स्थानीय अजमल नेपालीले जानकारी दिनुभयो ।

उक्त प्याकेजमा २५ केजी चामल, ५ केजि पिठो , १ केजि चिनी, १ केजि खाने तेल, १ वटा साबुन, १ केजी दाल, १ केजि नुन रहेको जनाएको छ । वितरण कार्यक्रममा वडा अध्यक्ष हातिम अन्सारी, नेपाल प्रहरी,समाजसेवि, सामुदायिक परिचालक र बुद्धजीवीहरूको उपस्थिती रहेको थियो ।