कृषकलाई मल र विषधी बारे तालिम – Nagarikabhiyan : National News

कृषकलाई मल र विषधी बारे तालिम

जयकृष्ण यादव । इनरुवा
इनरुवा, वैशाख १७ गते । सुनसरीको हरिनगर गाउँपालिका ७ घुस्कीमा कृषकहरुका लागि तालिम सम्पन्न भएको छ । विधार्थी शैक्षिक समूह नेपालको आयोजना र हरिनगर गाउँपालिका ७ नम्बर वडा कार्यालय घुस्कीको सहयोगमा कृषकहरुका लागि मल र विषधी प्रयोग सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न भएको तालिममा हरिनगर गाउँपालिका ७ घुस्कीका ३० जना बढी कृषकहरुको सहभागिता रहेको थियो । सम्पन्न भएको तालिममा कृषि प्राविधिक भुवनेश्वर यादव सहितकाले प्रशिक्षण दिनुभएको आयोजक संस्थाका महासचिव इमान सिद्धिकीले जनाकारी दिनुभयो । कार्यक्रमको समापन कार्यक्रममा वडा अध्यक्ष नसिर खाँ, सदस्य जुगनु उराँव, पत्रकार लुकमान अंसारी र वडा सचिव रोशन कुमार साहले कृषिको बारेमा बोल्नुभएको थियो ।
१, सुनसरीको हरिनगर गाउँपालिका ७ घुस्कीमा सम्पन्न भएको मल र विषधी सम्बन्धी कार्यक्रमका सहभागीहरु । तस्बिर ः जयकृष्ण यादव । इनरुवा