युवालाई हाउस वाईरिगं तालिम
१८ बैशाख २०७८, शनिबार १९:१२
सुनसरीको हरिनगर गाउँपालिका ७ का मधेसी तथा मुस्लिम युवाहरुका लागि १० दिने हाउस वाईरिगं तालिम दिएको छ । गाउँमै युवा स्वरोगारका लागि भन्दै युवाहरुलाई हाउस वाईरिगं तालिम दिएको हो । हरिनगर गाउँपालिका ७ नम्बर वडा कार्यालयको सहयोगमा नेपाल राष्टिय ग्रामिण समाज सेवा उत्थान मञ्च सुनसरीको आयोजनामा मधेसी तथा मुस्लिम युवाहरुलाई १० दिने हाउस वाईरिगं सम्बन्धी तालिम दिएको जनाएको छ । तालिममा वडाका १५ जना युवाको सहभागिता रहेको थियो । तालिम बैशाख ५ गते सुरु भई विहीबार सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष निरज कुमार यादवले जानकारी दिनुभयो । तालिम समापन कार्यक्रममा वडा अध्यक्ष नसिर खाँ, सदस्य जुगनु उराँव, पत्रकार जयकृष्ण यादव र वडा सचिव रोशन कुमार साहले सहभागीहरुलाई प्रमाण पत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सहभागी युवाहरुले तालिम निकै उपयोगी भएको र आधारभुत ज्ञान भएकाले आफ्नो घरको सहित गाउँमै पनि काम गरेर केही आय आर्जन गर्न सक्ने प्रतिकृया दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया