आइतबारदेखि उपत्यका प्रवेशमा थप कडाइ – Nagarikabhiyan : National News

आइतबारदेखि उपत्यका प्रवेशमा थप कडाइ

काठमाडौं  । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि आइतबारदेखि थप कडा हुने भएको छ । स्थानीय प्रशासनले केही दिनदेखि जारी गरेको निषेधाज्ञामा सरकारी कर्मचारी तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका समेत कर्मचारी हिडडुल गर्दा अपेक्षित रुपमा नियन्त्रण हुन सकेको छैन ।

आइतबारदेखि भने केही कडाइ गरिने बताइएको छ । यसैगरी काठमाडौं प्रवेश गर्ने नाकामा समेत कडाइ गरी प्रवेश निषेध गरिने छ । उपत्यकाको सीमाना जोडिएको काभ्रेमा पनि भोलिदेखि निषेधाज्ञा लागू हुँदैछ । त्यसपछि उपत्यकामा प्रवेश सहज नहुने स्थानीय प्रशासनले जनाएको छ । काभ्रेमा भोलि मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो ।

अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको रागमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाबायाँ ५०० मिटरसम्म सञ्चालन गर्न पाइने छैन । बनेपा–तीनदोबाटो–नाला सडक तथा बनेपा–पनौती–खोपासी सडकको दायाबायाँ ५०० मिटरसम्म तथा बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटारसम्म सडकको दायाबायाँ २०० मिटरसम्म सवारी सञ्चालन गनए पाइने छैन । अत्यावश्यक क्षेत्रलाई भने रोक लगाइएको छैन । जिल्लाभित्र विकास निर्माणका काममा प्रयोग हुने सामग्रीहरु ढुवानीका लागि राति ९ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न लिइने सूचनामा उल्लेख छ ।