त्रिशूलीमा बेपत्ता भएका दुवैको शव फेला
१६ बैशाख २०७८, बिहीबार १४:१५
काठमाडौँ । निर्माणाधीन पुल भत्किँदा त्रिशूली नदीमा बेपत्ता भएका दुवै जना मृत भेटिएका छन् । उनीहरूमध्ये एकको शव बुधबार र अर्काको बिहीबार फेला परेको हो । बिहीबार भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको छ ।
भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँच्चिँदा एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका थिए । निर्माणाधीन अवस्थामा रहेको पुलमुनि शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार गोताखोरको टोलीले निकालेको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया