वित्तीय संस्था र विवाहका सवारीमा पास आवश्यक नपर्ने
१४ बैशाख २०७८, मंगलवार २१:०५
काठमाडौं । बैशाख १६ गतेबाट जारी निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारी कर्मचारीले संस्थाको परिचय पत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो जारी आदेशमा आज संशोधन गरी सो व्यबस्था गरेको हो । साथै विवाहमा सहभागी हुन व्यानर र दुलाह दुलही सहित १५ जनाका लागि दुईवाटा सवारी साधान प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था पनि गरिएको छ ।

गोरखापत्र अनलाइन

फेसबुकबाट तपाईको प्रतिक्रिया