आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै
६ बैशाख २०७८, सोमबार १२:२७
काठमाडौ । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया