कोरोना नियन्त्रण गर्न सरकारले विस्तृत आदेश जारी गर्ने
६ बैशाख २०७८, सोमबार ११:३६
कोरोना महामारी नियन्त्रण गर्न सरकारले विस्तृत आदेश जारी गर्ने भएको छ । कोरोना महामारी थप फैलन नदिन भिडभाड हुने क्षेत्रहरूमा कडाइ गर्ने सरकारको तयारी छ। विद्यालय, रंगशाला, यातायात क्षेत्र, रेष्टुरेन्टलगायतमा भिडभाड हुन नदिने गरी व्यवस्थापन मिलाउन लागिएको स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले बताए ।
कोरोनाको दोस्रो भेरियन्ट आएकोले नियन्त्रणका लागि विस्तृत आदेश जारी गर्ने निर्णय आज बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बताए।
‘कोरोनाको दोस्रो भेरियन्ट आइसकेकोले सरकारले विस्तृत आदेश जारी गर्ने निर्णय गरेको छ,’ मन्त्री त्रिपाठीले भने, ‘संघ, प्रदेश र स्थानीय तह, समाज र समुदाय तथा व्यक्तिका भूमिका र जिम्मेवारी के हुन्छ भन्नेबारे विस्तृत आदेशमा उल्लेख गरिन्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया