माओवादी मुख्यमन्त्रीलाई मत दिने एमाले सांसद एमालेबाट निष्कासित – Nagarikabhiyan : National News

माओवादी मुख्यमन्त्रीलाई मत दिने एमाले सांसद एमालेबाट निष्कासित

पार्टी निर्देशन विपरित नेकपा–एमालेले कर्णाली प्रदेशमा माओवादी मुख्यमन्त्रीका पक्षमा मत दिने एमाले सांसदलाई कारबाही गरेको छ।

प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो । ‘उहाँहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ,’ नेता यमलाल कँडेलले भने, ‘प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले कारबाहीको सिफारिस गरिएको छ ।’

प्रदेश सभामा शुक्रबार भएको मतदानमा एमालेका ४ जना सांसदले माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएपछि उनको पद जोगिएको थियो।

मुख्यमन्त्री शाहीको पक्षमा एमालेको माधवकुमार नेपाल पक्षका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मतदान गरेका थिए। खबर सेन्टरबाट