नेपालमा थपिए ८४३ काेराेना संक्रमित, थप ५ जनाकाे मृत्यु
४ बैशाख २०७८, शनिबार १६:३३
नेपालमा आज कोरोना भाइरसका ८४३ जना संक्रमित थपिएका छन् । ७६८ जना पीसीआर परीक्षणमा पोजेटिभ देखिएका हुन भने एन्टीजेन परीक्षणबाट ७५ जनामा संक्रमण देखिएको हो ।
यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।
आज २२६ जना निको भएको स्वास्थइ तथा जनसंख्या मन्त्रलायले जनाएको छ । यो समेत गरी निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।
आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यो समेत गरी मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया