सीजीद्धारा गढीलाई क्वारेन्टाईनलाई चाहिने सामग्री हस्तान्तरण
८ जेष्ठ २०७७, बिहीबार १६:५९
इनरुवा । सुनसरीको गढी गाउँपालिकालाई क्वारेन्टाईनका लागि आवश्यक पर्ने सामग्री सीजी फूड्स प्रालिले हस्तान्तरण गरेको छ ।
सीजीले गढी गाउँपालिकाको कार्यालयले सञ्चालनमा ल्याएको क्वारेन्टाईनका लागि आवश्यक पर्ने सिरक ३० थान, झुल ३० थान, डस्ना ३० थान, तन्ना ३० थान र सीरानी ३० थान हस्तान्तरण गरेको हो ।
गढी गाउँपालिकाको आवश्यकतालाई मध्यनजर गरी क्वारेन्टाईनमा चाहिने सामग्री सीजी फूड्स प्रालिले हस्तान्तरण गरेको प्रमुख प्रशासकिय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया