गरगहना लुट्न गोली र खुकुरी प्रहार – Nagarikabhiyan : National News

गरगहना लुट्न गोली र खुकुरी प्रहार

लहान नगरपालिका–२३ गाढिया चोकमा सुनचाँदी पसल संचालन गर्दै आएको एक दम्पत्तीमाथि अपरिचित समूहले सांघातिक हमला गरेको छ । उक्त हमलामा परी पसल सञ्चालक प्रदिप मिझारको आइतबार बिहान मृत्यु भएको छ ।

६,७ जनाको समूहमा आएको अपरिचित समूहले सुन चाँदी पसल गरी बसेको घरको ढोका फलामको हम्मर र छिनोले फोडेका थिए । चोरी तथा लुटपाट गर्ने उद्धेश्यले गरीएको उक्त कार्यको प्रतिकार गर्दा उनीहरुले प्रदिपलाई गोली हानियो । त्यस्तै उनको श्रीमती अनिता कुमारी दुलाललाई खुकुरी हानीयो । प्रदिपको दम्पत्तीलाई घाईते बनाईसकेपछि घरभित्र रहेको ३ तोला सुन, ७ केजी चाँदी, महिलाले खुट्टामा लगाउने दुई जोर ६० तोला चाँदीको काडा र नगद २ लाख ५० हजार रुपैयाँ लुटपाट गरी त्यो अपरिचित समूह फरार भएका थिए ।

घटना घटेसँगै ईलाका प्रहरी कार्यालय लहानमा खबर पुगियो । इप्रकाबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न लहान नगरपालिका–७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरी र सोही नगरपालिका–२३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई लाई घटनास्थलबाट भाग्दै गरेको अवस्थामा १ थान फलामको छिनो सहित पक्राउ गरेको छ।

घटनामा गम्भीर घाइते भएका प्रदिपको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै घाइते अनिताको सोही अस्पतालमा उपचार भइरहेको छ । घटना संलग्न हाल फरार अन्य व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।नेपाल न्युजमा छ ।