विद्यालयमा दिवा खाजा पकाउँदै आइरहेका दलितलाई कामबाट हटाइए
२९ चैत्र २०७७, आईतवार ०८:२४
काठमाडौँ । विद्यालयमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका छन् । पढाउने शिक्षक पनि प्रायः सबै दलित समुदायकै भएर पनि १५ वर्षदेखि विद्यालयमा दिवा खाजा पकाउँदै आइरहेका दलितलाई कामबाट हटाइएकोछ ।
बैतडीको पञ्चे श्वर गाउँपालिका–४, स्थित कैलपाल आधार भूत विद्यालयमा २०६२ सालदेखि दिवा खाजा पकाउँदै आइरहेका तेजराम सार्कीलाई जातीय विभेदकै कारण व्यवस्थापन समितिले नै निर्णय गरेर दिवा खाजा पकाउने कामबाट हटाएको हो ।
हुसङ्ख्यक विद्यार्थी र पढाउने शिक्षक दलित समुदायका भए पनि गै र दलितका बालबालिकाले दिवा खाजा खान नमाने पछि व्यवस् थापन समितिले खाजा पकाउने कामबाट हटाएको परि चर तेजराम सार्कीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया